काठमाडौं, २३ फागुन । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रबिक्रम चन्द विप्लवले पूर्व सभामुख कृष्णबहादुर महरासँग भेटेका छन् । महराकै निवासमा दुई नेताबीच भेटवार्ता भएको हो ।
करिब दुई वर्ष लामो भूमिगत संघर्षपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएको हो । गत शुक्रबार सरकार र विप्लव समूहबीच सम्झौता भएको थियो । त्यसयता विप्लव विभिन्न नेताहरुसँग भेटघाटमा व्यस्त छन् ।
विप्लवले महरासँग भेट्नुलाई अर्थपूर्ण मानिएको छ । उनी ओलीसँग नजिकिएको विषय बाहिर आइरहँदा प्रचण्डनिकट महरासँग भेटेका हुन् ।