Logo

एमाले र माओवादी केन्द्रको संसदमा यस्तो छ अंकगणित



काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतको आजको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको छ । योसँगै कानुनी रुपमा विभाजित नभएको नेकपा खारेज भएको छ । यसअघि संसदमा नेकपाको सभामुखसहित १७४ सिट थियो ।

एमाले र माओवादी ब्युँतिएपछि अब ती दलको सांसद पनि पुरानै अवस्थामा रहने देखिएको छ । एमालेको १२१ प्रतिनिधि सभा सदस्य छन् । माओवादी केन्द्रको ५३ सिट छ । दुवै पार्टी एकीकरण भएर १७४ सिट भएको थियो । ब्युँतिएपछि अवस्था पुरानै भएको छ ।

नेकपा विभाजित भई ओली र दाहाल नेपाल पक्षमा विभाजित भएकोमा अब अवस्था जटिल बनेको छ । माधव नेपाल एमालेमा अल्पमतमा परेका छन् । अब उनी ओलीलाई अध्यक्ष मानेर रहनुपर्छ या त पार्टी फुटाएर प्रचण्डसँग जानुपर्छ ।



प्रतिक्रिया दिनुहोस्