Logo

ग्लोबल आइएमई बैंकले चैत्र १ देखि ऋणपत्र निष्कासन गर्ने



काठमाडौं, २३ फागुन । ग्लोबल आईएमई बैंक लिमिटेडले चैत्र १ देखि ऋणपत्र निष्कासन तथा बिक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले १ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता १० वर्षको अवधिको ‘८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ निष्कासन गर्न लागेको जनाएको छ ।

कम्पनीले निष्कासन गर्न लागेको जम्मा कित्तामध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाकी रहेको १२ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्टाइएको छ । ऋणपत्र निष्कासन तथा विक्रि प्रबन्धक सेन्चुरी क्यापिटल मार्केन्टर्स लिमिटेडको अनुसार न्युनतम २५ कित्तादेखि १० लाख कित्तासम्म लगानीकर्ताले चैत्र ४ गतेसम्म र माग अनुसार आवेदन नपरेमा चैत्र १६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्