काठमाडौं, २३ फागुन । ज्योति लाईफ इन्स्योरेन्सले निष्कासन गरेको आईपीओमा २ करोड १२ लाख ४४ हजार ३६० कित्ताको लागि आजसम्म करिब १० लाख आवेदन परेका छ । ९ लाख ८२ हजार ६७७ जनाको आवेदन परेको बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । आईपीओमा न्युनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको अनुसार ६६ करोड रुपैयाँ बराबर अथवा १ सय अंकित मुल्यका ६६ लाख कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको हो । त्यसमध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामुहिक लगानी कोषलाई छुट्टाईएको छ । बाकी रहेका ५९ लाख ४० हजार कित्ता शेयरको लागि सर्वसाधारणले २६ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।