Logo

१० मेवामुनिका जलविद्युत् आयोजनालाई पनि विशेष पुनर्कर्जाको सुविधा



काठमाडौं, फागुन २४। अब १० मेगावाटभन्दा कम क्षमता भएका जलविद्युत् आयोजनाले पनि विशेष पुनर्कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतवार पुनर्कर्जा कार्यविधि २०७७ को पहिलो संशोधन गर्दै त्यस्ता जलविद्युत् आयोजनालाई विशेष पुनर्कर्जा दिने व्यवस्था गरेको हो ।

यसअघि जलविद्युत् आयोजनाहरूले विशेष पुनर्कर्जा पाउने व्यवस्था थिएन । राष्ट्र बैंकले अहिले आएर त्यस्ता आयोजनालाई पाँच करोड रुपैयाँसम्म विशेष पुनर्कर्जा दिन सक्ने व्यवस्था गरेको हो । बैंकले ग्राहकको मूल्यांकन गरी २० करोड रुपैयाँसम्म पुर्नकर्जा दिने सक्ने व्यवस्था पनि रहेको छ । तर, यसरी ग्राहकअनुसार प्रदान गरिने पुनर्कर्जाको अंश कुल पुनर्कर्जामा २० प्रतिशतभन्दा बढी गराउन पाइने छैन ।

यससँगै अब बैंकहरूले त्यस्ता जलविद्युत् आयोजनाहरूका लागि पनि राष्ट्र बैंकसमक्ष पुनर्कर्जा माग गर्न सक्नेछन् । त्यसपछि राष्ट्र बैंकले जलविद्युत् आयोजनाहरूको नाममा एकमुष्ट रूपमा पुनर्कर्जा प्रदान गर्नेछ ।

यस्तो पुनकर्जाको ब्याजदर तीन प्रतिशत तोकिएको छ । बैंकले भने राष्ट्र बैंकलाई एक प्रतिशतका दरले ब्याज बुझाउनुपर्ने व्यवस्था गरिएको छ । पुनर्कर्जा पाउने जलविद्युत् आयोजनाले यसअघि बैंक तथा वित्तीय संस्थाबाट न्यूनतम २० करोड रुपैयाँ कर्जा लिएको हुनुपर्ने छ ।

जलविद्युत् आयोजनाहरूलाई पनि पुनर्कर्जाको सुविधा दिनुपर्ने भनेर पहिलेदेखि नै ऊर्जा व्यवसायीहरूबाट माग हुँदै आएको थियो । त्यसपछि राष्ट्र बैंकले अहिले आएर जलविद्युत् आयोजनाहरूलाई पनि पुनर्कर्जा दिने व्यवस्था गरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot