Logo

दाहाल–नेपालले गरे कानूनविद्सँग परामर्श, पूनरावलोकनमा जाने निश्कर्ष



काठमाडौं, २४ फागुन । पुष्पकमल दाहाल र माधव कुमार नेपालले सर्वोच्च अदालतको हिजोको फैसलालाई लिएर पूनरावलोकनमा जाने निश्कर्ष निकालेका छन् । दाहाल, नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसहितका नेताहरुले आज कानूनविद्हरुसँग परामर्श गरेका हुन् । र, कानूनविद्हरुले पनि पूनरावलोकनमा जान सुझाव दिएका हुन् ।

तर, दाहाल–नेपाल समूहले आज अपरान्ह ३ बजे स्थायी कमिटी बैठक डाकेको छ । र, त्यही बैठकबाट थप निर्णय लिने जनाएको छ । सर्वोच्चको हिजाको फैसलालले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले अदालतको फैसलाको स्वागत तथा समर्थन गर्दै फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्