काठमाडौं, २४ फागुन । पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ। यसअघि विहान ११ बजे बैठक बस्ने भनिएको थियो । तर, कानूनविद्हरुसँग छलफल गर्नुपरेकोले ११ बजेको बैक ३ बजे सरेको जनाईएको छ । आज विहान कानूनविद्हरुसँगको छलफलपछि दाहाल–नेपाल समूह सर्वोच्च अदालतको फैसलाको पूनरावलोकनमा जाने भएको छ । त्यसको लागि स्थायी कमिटीबाट निर्णय गराउने एक नेताले जनाए ।
तर, अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएको छ। यसले सबैभन्दा बढि मार माधव कुमार नेपाल पक्षलाई परेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले त सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै कार्यान्व्यन गर्ने जनाईसकेका छन् । उनले छिट्टै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बोलाउनेपनि स्पष्ट पारेका छन् । File Photo/ReportersNepal