काठमाडौं, २५ फागुन । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अहिले प्रधानमन्त्री ओलीले बहुमत गुमाईसकेको टिप्पणी गर्दै अब जसले बहुमत सिद्ध गर्छ उही नै प्रधानमन्त्री बन्ने पौडेलको भनाई छ । प्रधानमन्त्री ओलीलाई कांग्रेस र जसपा नेपालले समर्थन नगर्ने उनको दाबी छ ।