Logo

प्रचण्डले बोलाए माओवादी केन्द्रको बैठक, प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने



काठमाडौं, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने भएको छ। त्यसको लागि अध्यक्ष प्रचण्डले आज दिउँसो १ बजे स्थायी कमिटी सदस्यहरुलाई बोलाएका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्दैछ । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले अब विश्वासको मत लिनुपर्छ । ओलीले माओवादीले समर्थन फिर्ता लिए आफूले विश्वासको मत लिने यसअघि नै बताईसकेका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्