बुटवल, २५ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङ्गले देशमा देखिएको हालको राजनीतिक तरलतालाई सही बाटोमा लैजानको लागि नेपाली काङ्ग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यलय बुटवलले मंगलबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता गुरुङले कम्नियुष्टलाई जनताले ठुलो आशा र भरोसाका साथ करिब दुईतिहाईको मत दिएर सरकारमा पठाए तर आज जनताको मतको अपमान हुनुको साथै मुलुकलाई अस्थिरतातर्फ धकलिएको टिप्पणी गरे । उनले सर्वोच्चको पछिल्लो फैसलाले जनताको भावनाको कदर गरेको बताए ।
उनले काङ्ग्रेस जनता र राष्ट्रको हितमा सधैंँ उभिने पार्टी भएकोले अहिले देखिएको राजनितिक तरलतालाई पनि सबै दलको सहमतिमा काङ्ग्रेसले नै पार लगाउने विश्वास दिलाए । विगतमा पनि मुलुकमा संकटको अवस्था आउँदा काङ्ग्रेसले नै नेतृत्व गरेको स्मरण गराउँदै उनले काङ्ग्रेस सबै ढोका खुला गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
नेता गुरुङ्गले भने सरकारको नेतृत्वको लागि दलहरुबाट काङ्ग्रेसलाई प्रस्ताव आईरहेको तर काङ्ग्रेसले सरकार र संसदको गंतव्य निरक्योल भएपछि मात्रै सरकारमा जानुपर्ने बताए । नेपालको संधिान अनुरसार प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने भए पनि प्रधानमन्त्री ओलीले विश्वासको मत लिने सम्भावना कमै रहेको जीकीर गरे ।
नेता गुरुङ्गले नेपाली काङ्ग्रेसको १४ औ माहाधिवेशनमा केन्द्रिय सभापतिमा आफ्नो उमेदवारी रहने दावी गरे । केन्द्रिय सदस्य समेत रहेका गुरुङ्गले भने परिर्वतनको लागि कसै न कसैले साहसीक कदम चाल्नु पर्ने जरुरी भएकाले आफु उमेदवारीका लागि मात्रै नभएको बताउदै नयाँ पुस्ताले अबको नेृत्तव लिनु पर्ने भएकाले आफ्नो उमेदवारी फिर्ता नहुने ठोकुवा गरे । कार्यक्रम रिपोर्टर्स कलब नेपाल लुम्बिीनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो