काठमाडौं, २५ फागुन । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको एक नेताले जानकारी दिए । उनकाअनुसार आजको बैठकमा सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग हुन आदेश दिएपछि उपत्पन्न परिस्थितिबारे छलफल हुनेछ । त्यस्तै, सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पनि निर्णय हुनसक्ने जनाईएको छ ।