Logo

शिखर इन्स्योरेन्सले बुधबार बुक क्लोज गर्ने



काठमाडौं, २५ फागुन । शिखर इन्स्योरेन्स कम्पनीले भोली (२६ गते ) एक बुक क्लोज गर्ने भएको छ । साधारण सभा फागुन ९ गते बस्ने भएकोले बुधबार बुक क्लोज गर्ने भएको हो । आजसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीहरुले मात्र सभामा सहभागी हुन र कम्पनीले वितरण गर्न लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले एकैदिन १५ औं र १६ औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको अनुसार ३० प्रतिशत हकप्रद शेयरबाट कायम शेयर पुँजीमा आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट २७.७६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गर्ने भएको छ ।

साउन महिनामा ३० प्रतिशत हकप्रद शेयर बिक्रि गरेको कम्पनीको प्रस्तावित २७.७६ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको १ अर्ब ७६ करोड रुपैयाँ चुक्ता पुँजी पुग्ने भएको छ ।
चैत्र ९ गते हुने बोलाइएको सभाले उक्त प्रस्तवित हकप्रद निष्काशन पछि कम्पनीको चुक्तापुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्