काठमाडौं, २५ फागुन । मिथिला लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीको फागुन २३ गते संचालक समितिको बैठकले १२.०६३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउने जनाएको छ ।