Logo

ओलीलाई छाड्दैनौं, बादलले पनि छाड्नुहुन्न: खेलकुदमन्त्री दावा लामा



काठमाडौं, २५ फागुन । युवा तथा खेलकुदमन्त्री दावा लामाले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ कुनै हालतमा नछाड्ने बताएका छन् । उनले पद त्याग गर्नुपरेपनि ओलीको साथ नछाड्ने बताएका हुन् ।

‘हामी ओली क्याम्प परिवर्तन गर्दैनौं,’ प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलासँगको आजको अन्तवार्तामा मन्त्री लामाले भने,‘कारबाही गरेपनि गरोस् साथ छाड्दैनौं ।’

मन्त्री लामाले गृहमन्त्री रामबहादुर थापा बादल पनि ओलीसँगै रहने बताए । उनले बादल नीति र सिद्धान्तको राजनीति गरेको व्यक्ति भएकाले साथ नछाड्ने बताए । उनले भने,‘बादलजीपनि ओलीसँग रहनुहुन्छ । उहाँ नीति र सिद्धान्तको राजनीति गरेको मान्छे हो ।’

पूर्व माओवादी केन्द्रका नेता दावा लामा बादल निकट मानिन्छन् । बादल माओवादी केन्द्रका हुन् र उनले ओली क्याम्प नछाडे पार्टीले कारबाही गरेको अवस्थामा सांसद पद स्वतः खारेज हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot