Logo

माओवादी केन्द्रको निर्णयः सरकार निर्माणका लागि एमाले, काँग्रेस र जसपासँग वार्ता गर्ने



काठमाडौं, २५ फागुन । माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै दलहरुसँग वार्ता गर्ने निर्णय गरेको छ । आज पेरिसडाँडामा बसेको बैठकले सबै दलहरुसँग वार्ताको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठल जानकारी दिए ।

अब कोसँग मिलेर सरकार बनाउनुहुन्छ भन्ने प्रश्नमा प्रवक्ता श्रेष्ठले भने,‘ हामी वार्ताका लागि खुल्ला भएका छौं । काँग्रेस, जसपा र एमालेसँग पनि वार्ता गर्छौं ।’ उनले वार्ताका लागि काँग्रेस र जसपा पहिलो प्राथमिकतामा राखिएको बताए ।

वार्तामा कुनै शर्त नराखिने समेत बताए । खुल्ला रुपमा वार्ता गर्ने श्रेष्ठले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइआएको समर्थन फिर्ताको विषयमा केन्द्रीय समिति बैठक बसी टुंगो लगाउने बताए । उनले भोलि स्थायी कमिटी बैठक बस्ने र २९ फागुनमा केन्द्रीय कमिटी बैठक बसी समर्थन फिर्ताबारे निर्णय लिने बताए ।-तस्बिरः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्