काठमाडौं, २५ फागुन । कलिउडका पुराना पुस्ताका कलाकारहरुको फिल्म बनाउने क्रम जारी छ । अहिलेसम्म अभिनेत्रीहरु झरना थापा, करिश्मा मानन्धर, अभिनेताहरु भुवन केसी, निखिल उप्रेती, शिव श्रेष्ठ लगायत धेरै कलाकारहरुले फिल्म निर्माण गरिसकेका छन् । पुराना तथा चर्चित अभिनेता धिरेन शाक्यले पनि अब फिल्म निर्माणमा हात हाल्ने भएका छन् ।
कारोना महामारी अगाडी नै फिल्म बनाउने तयारीमा लागेका शाक्य लकडाउनको कारण काम पछि सरेको थियो । कोरोना संकट हट्दै गएकोले अब उनले फिल्म निर्माण गर्ने एक स्रोतले जनाएको छ । शाक्यले पुराना तथा चर्चित नायकहरु राजेश हमाल, शिव श्रेष्ठ र भुवक केसीसबैलाई एकै स्थानमा ल्याएर फिल्म बनाउने तयारीमा लागेका छन् । हल खोलेसँगै फिल्म निर्माणको काम अघि बढ्ने स्रोतले जनाएको छ । फिल्ममा चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीसँग पनि सहकार्य गर्ने भएका छन् ।