काठमाडौं, २५ फागुन । ५ वर्ष अगाडी करेन्ट लागेर अपाङ्ग भएका दोलखा वडा न. ४ काभ्रेहिटीका ३५ वर्षीय यमविक्रम दाहालले आफ्नो उपचार र जिविकोपार्जनको लागि सहयोग गर्न आग्रह गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपाल पत्रकार सम्मेलन गरेर अंपाङ्ग दाहालले आफुलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै दाहालले आर्थिक अवस्था कमजोर भएकोले उपचार गर्न समस्या परेको बताए । उनले खाना लाउन पनि गाह्रो भएको दुखेसो गरे । फिजियोथेरापी गर्न घन्टाको २ हजार रुपैयाँ लाग्ने कारण उपचार गर्न कठिनाई भएको बताए । २०७३ सालमा रातको समयमा करेन्ट लागेपछि घाटीदेखि तलका अङ्ग नचल्ने उनले बताए । उनी उपचारको लागि २ वर्ष केएमसी अस्पताल बसेको बताए ।
केएमसी अस्पतालमा उपचार गराइरहेको बताउने अपाङ्ग यम विक्रमले ‘क’ श्रेणीको अपाङ्ग परिचयपत्र भएको र आफुले महिनाको भत्ता ३ हजार रुपैयाँ पाउँदै आएको जानकारी दिए । गाउँपालिकाबाट महिनाको ३ हजार रुपैयाँ सहयोग स्वरुप पाएपनि त्यो पैसा अपुग भएको भन्दै उनले भने, ‘दिनदिनै डाइपर फेर्नुपर्छ औषधी खानुपर्छ ।’
करेन्ट लागेर घाइते भएपछि श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेको बताए । हाल उनी ६० वर्षीया आमासँग बस्दै आएका छन् । घाइते भएपछि सरकारको तर्फबाट १ लाख रुपैयाँ राहत पाएपनि २० हजार रुपैयाँको मात्र उपचार गरेको जानकारी दिए ।
आफुलाई स्याहारसुसार गर्ने कोही नभएकोले ८० हजार रुपैयाँको उपचार गर्न बाकी रहेको जानकारी दिए । आफ्नो स्याहार गर्ने मानिस भएपछि बाकी रकमले १ महिना थेरापी गर्न पुग्ने बताए । घाइते दाहालले आफन्तबाट सहयोग नपाएको गुनासो गरे । कार्यक्रम मार्फत काठमाडौंको गोलढुंगामा अस्थायी रुपमा बसोबास गर्ने दाहालले ९८००८४५८६९ मोवाइल नम्बरमा सहयोगको लागि सम्र्पक गर्न अनुरोध गरे । उनले ३ करोड नेपाली दाजुभाईलाई आफुले सक्ने आर्थिक सहयोग गरिदिन आग्रह गरे ।