राधा र कृष्णको प्रेम कति गहिराई थियो त्यो कसैलाई थाहा भएन । कृष्ण र राधाको विवाह हुन पाएन, तर उनीहरुको प्रेम यस्तो थियो की आज पनि उनीहरुको नाम सँगै लिने गरिन्छ । कृष्णलाई राधाको लागि प्रेम र राधाको लागि समर्पण देखेका नारद कृष्णसँग नजिक भएको देखेर राधा जल्ने गर्थिन् ।
यो कुरा कृष्णले राम्रोसँग बुझेका थिए । एक दिन राधाको बारेमा कुरा गर्न नारद मुनि श्रीकृष्ण नजिक पुगेका थिए । नारदले कुरा गर्न आएको कुरा कृष्णले थाहा पाए र कृष्ण टाउको समातेर बसे । नारदमुनिले श्रीकृष्णलाई भने, के भयो प्रभु किन टाउको समातेर बसेको ?’ कृष्णले जवाफमा भने, ‘नारदमुनि मेरो टाउको दुखेको छ ।’ फेरी नारदमुनिले सोधे ‘प्रभु यसको दु गर्ने उपाय के हुन्छ ?’ नारदमुनीलाई कृष्णले जवाफ दिदै भने, ‘यदि मैले आफ्नो सबैभन्दा ठुलो भक्तको चरणामृत पिएमा यसलाई दुर गराउन सकिन्छ ।’
कृष्णको कुरा सुनेर नारद मुनीले सोच्न लागे सबैभन्दा ठुलो भक्त त मै हुँ, तर यदि आफ्नो चरणामृत दिएमा त नरक जाने जति पाप लाग्नेछ म प्रभुलाई आफ्नो चरणामृत दिन सक्दिन ।
केही बेर सोचेपछि मनमा राधाको बारेमा सम्झिए । राधा पनि कृष्णको ठुलो भक्त हुन् । उनी राधाको नजिक गएर सबै कुरा बताए । राधाले नारदको सबै कुरा सुनेर भनिन् ‘म कृष्णको म ठुलो भक्त हुँ तर, श्रीकृष्णलाई आफ्नो चरणामृत दिएर म नरक जानु छैन् । र नरकमा यातना सहनु छैन् । हे मुनीवर म सबै सहन सक्छु तर, आफ्नो स्वामीलाई पीडामा देख्न सक्दिन । यो चरणामृत लगेर उनलाई दिनु ।’
राधाको कुरा सुनेर नारदको सबै घमण्ड टुक्रा–टुक्रा भयो । र उनलाई थाहा भयो कि राधा नै कृष्णको ठुलो भक्त हुन् । नारदले बुझे श्रीकृष्णले गरेको यो लिला रचेका लिला आफ्नै लागि थियो । नारदमुनी राधाबाट फर्किए तब कृष्णको मुखबाट केवल राधाको नामको धुन बजिरेहको थियो । उनी कृष्ण्को नजिक पुगे । उनलाई देखेर कृष्ण मस्कुराए । नारदमुनीले सबै कुरा सम्झेर प्रणाम गर्दै भने, ‘राधे–राधे’ । धार्मिक ग्रन्थको आधारमा