Logo

मञ्जुश्री फाइनान्सको बोनस शेयरधनीको खातामा जम्मा



काठमाडौं, २५ फागुन । मञ्जुश्री फाइनान्स लिमिटेडले वितरण गरेको शेयर बोनस शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले १३औं वार्षिक साधारण सभाले पारित गरेको १८ प्रतिशत बोनस दोस्रो बजारमा सुचीकृत पश्चात हितग्राही खातामा जम्मा गरेको जनाएको छ ।

बोनससँगै कम्पनीले ५.५० प्रतिशत नगद लाभांश पनि सभाबाट पारित गरेको थियो । कम्पनीको अनुसार फागुन १७ गते दोस्रो बजारमा बोनस शेयर सचीकृत गराएको हो । पुस १४ गते शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा हितग्राही खातामा जानकारी दिदै अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई चाडै गराई आफ्नो लाभांश सुरक्षित गर्न अनुरोध गरेको छ । कम्पनीले शेयर धितो राखेर कर्जा लिएका सदस्यहरुको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट कर्जा राफसाफ गर्न पनि अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्