काठमाडौं, २५ फागुन । फाल्गुन २७ गते महाशिवरात्री मनाइदैछ । महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको पशुपति विकास कोषले जनाएको छ । मंगलबार कोषले पत्रकार सम्मेलन गर्दै महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कोषले नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभाग समेतबाट सुरक्षाकर्मी परिचालन हुने र स्काउटका समेत गरी ४ हजार स्वयमसेवक परिचालन हुने कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । मन्दिर नजिकैको गेटमा स्वास्थ्य शिविर सञ्चालन हुनेछ । उक्त दिन सशस्त्र प्रहरी,नेपाली सेना र नेपाल प्रहरीको गरेर ३० वटा स्वास्थ्य संस्थाको शिविर हुनेछन् ।
शिवरात्रीका दिन पशुपति प्रवेश गर्न तीन वटा लाइनको व्यवस्था गरिएको ढकालले बताए । कोभिड महामारीको जोखिम रहेकोले दर्शनार्थीले अनिवार्य मास्क लगाउनुपर्ने ढकालले बताए । त्यस्तै महाशिवरात्रीका लागि भारतबाट करिब ३ हजारको हाराहारीमा बाबाहरू आइसकेको कोषले जनाएको छ । बाहिरबाट आएका बाबालाई विकास महाशिवरात्रि भरि खाने बस्नेको राम्रो प्रबन्ध मिलाएको कोषको भनाइ छ ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम