Logo

उत्तराखण्डका मुख्यमन्त्री रावतद्वारा राजीनामा



एजेन्सी, २५ फागुन । उत्तराखण्डका मुख्यमन्त्री त्रीवेन्द्र सिंह रावतले राजीनामा दिएका छन् । उनले आज गभर्नर बेवी रानी मौर्यालाई राजीनामा बुझाएका हुन् ।

रावतले पत्रकार सम्मेलन गरी राजीनामा बुझाएको जानकारी गराए । उनीप्रति सत्तारुढ भारतीय जनता पार्टीका सांसदहरुले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । त्यसपछि भाजपाको केन्द्रबाट उनलाई राजीनामा दिन दबाब दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुख्यमन्त्री रावतले उत्तराखण्डका धेरै वरिष्ठ नेताहरुलाई उछिन्दै मुख्यमन्त्री बन्ने सफलता हासिल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्