Logo

प्रचण्डको देउवासँग २० मिनेटको त्यो भेट र यो भेट



काठमाडौं, २५ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बुढानिलकण्ठ पुगेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग २० मिनेट भेटवार्ता गरे । सम्भावित सत्ता समिकरणको प्रस्तावसहित पुगेका प्रचण्डसँग देउवाले सिधा कुराकानी गरेका थिए ।

विश्वस्त स्रोतका अनुसार प्रचण्डले देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए । देउवालाई कि अगाडि बढ्न या अर्को कुनै नेतालाई प्रधानमन्त्रीको प्रस्ताव गरेर जान सकिनेबारे पनि प्रचण्डले कुराकानी गरेको बुझिएको छ । उनले ओलीबाहेकको सत्ता समिकरणको प्रस्ताव गरेका थिए ।

२० मिनेटको भेटवार्तामा देउवाले संयमित भएर अगाडि बढ्ने जवाफ दिएका थिए । उनले विभिन्न विकल्पहरु रहेको र त्यसबारे पार्टीमा छलफल गरी अगाडि बढ्ने जवाफ दिएको बुझिएको छ ।

यसअघि १२ फागुनमा पनि प्रचण्डले देउवासँग भेटवार्ता गरेका थिए । त्यो भेट पनि २० मिनेटको थियो । ११ फागुनमा प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा सर्वोच्च अदालतले फैसला गरेपछि भोलिपल्टै माधवकुमार नेपाललाई लिएर प्रचण्ड बुढानिलकण्ठ पुगेका थिए । उक्त भेटमा पनि प्रचण्डले देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्