Logo

मन्त्रिपरिषद् बैठक सम्पन्न, राष्ट्र बैंकको डेपुटी गभर्नरमा मिश्र र ढुंगाना नियुक्त



काठमाडौं, २५ फागुन । मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र नीलम ढुंगाना नियुक्त गरेको छ ।राष्ट्र बैंकले सिफारिस गरेको सूचीबाट आज (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले मिश्र र ढुंगानालाई नियुक्त गरेको हो ।

फागुन १८ गते डेपुटी गभर्नरका रुपमा रहेका चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल सकिएपछि उक्त पद खाली रहेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्