Logo

प्रचण्ड र बाबुरामबीच सत्ता समिकरण मिलाउन भेटवार्ता



काठमाडौं, २५ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । आज बाबुरामलाई भेट्न प्रचण्ड टोेखास्थित निवासमै पुगेका थिए ।

साँझ ७ बजेबाट भएको भेट ८ बजे सकिएको थियो । एक घन्टा लामो भेटमा दुई नेताबीच सत्ता समिकरणबारे कुराकानी भएको थियो ।

यसअघि प्रचण्डले अपरान्ह नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । प्रचण्डले काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सत्ता समिकरणको गृहकार्य गरिरहेका छन् । उनले काँग्रेस या जसपामध्ये एकलाई सरकारको नेतृत्वका लागि मनाउन लागिपरेका छन् । तर, दुवै दलको आ आफ्नै दाबी गरेको बुझिएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्