Logo

यसकारण सेयरको मूल्यमा गिरावट



काठमाडौं, फागुन २६। नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक कारोबारको अन्तिम समयसम्म आउँदा हिजो मंगलबार २३.२२ अंकले ओरालो लागेको छ । कारोबारको सुरुवातबाटै ओरालो लागेको नेप्से परिसूचक २४८५.१ को बिन्दुबाट सुरु भएको थियो । अन्तिम समयसम्म आउँदा परिसूचक ०.९३ प्रतिशतले घटेर २४६१.८८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

नेप्से सेन्सेटिभ पनि कारोबारको अन्तिम समयसम्म नै ओरालो यात्रामै कायम रह्यो । सेन्सेटिभ परिसूचक ४.४७ अंकले घटेर ४४५.२१ को बिन्दुमा पुगेको छ । नेप्से परिसूचक दोहोरो अंकले ओरालो लाग्दा पनि कारोबारका १३ उपसमूहमध्ये होटल समूह र हाइड्रोपावर समूहमा भने लगानीकर्ता आकर्षण देखिएको छ ।

अन्तिम समयसम्म होटल समूह २.९८ प्रतिशत र हाइड्रोपावर समूह १.८ प्रतिशतले बढेका छन् । यस्तै, म्युच्अल फन्ड पनि अन्तिम समयसम्म आउँदा ०.०१ प्रतिशतले बढेको हो । मंगलबार २१० कम्पनीमध्ये १२४ कम्पनीको सेयर मूल्य घटेको छ भने ४० कम्पनीको सेयर मूल्य बढेको छ ।

कारोबारमा आएका उक्त कम्पनीहरूले १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता सेयर ५२ हजार ५९१ पटक खरिदबिक्री हँुदा ४ अर्ब ७५ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

अन्तिमा समयसम्म शिखर इन्स्योरेन्सले ६५ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको भने अपर तामाकोसी हाइड्रोपावरले २९ करोड ६७ लाख रुपैयाँ बराबरको कारोबार गर्दै दोस्रो स्थानमा रहेको छ ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्