Logo

ट्याक्टर दुर्घटनामा १५ जना विद्यार्थी घाइते



अछाम, फागुन २६। जिल्लाको मेल्लेख गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा १५ जना विद्यार्थी घाइते भएका छन् । खेलकुद कार्यक्रमबाट घर फर्कने क्रममा से २ त ३१५५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

मंगलबार बेलुकी भएको दुर्घटनामा एकै विद्यालयका १५ जना घाईते भएका छन् । घाईते सबैको जिल्लास्थित वयलपाटा अस्पतालमा उपचार भइरहेको छ । घाइतेकको हात, खुट्टा, टाउको र शरिरका विभिन्न भागमा चोट लागेको जनाईएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएर फर्किने क्रममा विद्यार्थीहरु दुर्घटनामा परेका हुन् ।



प्रतिक्रिया दिनुहोस्