काठमाडौं, फागुन २६ । सर्वोच्च अदालतले नेकपा एकतालाई बदर गरिदिएसँगै राजनीतिक दलहरूले नयाँ सत्ता समीकरणको गृहकार्य थालेका छन्। केपी शर्मा ओली माओवादी केन्द्रको समर्थनसहित बहुमतको प्रधानमन्त्रीका रूपमा छन्। तर, माओवादी केन्द्रको मंगलबार बसेको बैठकले विश्वासको मत फिर्ता लिनेरनलिने विषयमा कुनै निर्णय गरेन।
बरु उक्त पार्टीको स्थायी समिति बैठकले संसद् सञ्चालन, सरकार गठन र आगामी राजनीतिक प्रक्रियाका विषयमा कांग्रेस र जनता समाजवादी पार्टी ९जसपा०सँग छलफल गर्ने निर्णय गरेको छ। यसले प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रको साथ रहने सम्भावना टरेको छ। बैठकलगत्तै अध्यक्ष पुष्पकमल दाहालको दौडधुपले माओवादी केन्द्र नयाँ सरकार गठनको गृहकार्यमा लागेको देखाउँछ।
अध्यक्ष दाहालले मंगलबारै कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईसँग भेट गरेका हुन्। दाहाल देउवासँग भेट गर्न बूढानीलकण्ठ र डा। भट्टराईसँग भेट गर्न टोखा पुगेका थिए।
देउवासँग उनकै नेतृत्वमा कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बनाउने र प्रधानमन्त्री ओलीलाई बिदाइ गर्ने प्रयासमा दाहालले छलफल गरेको स्रोतले बताएको छ। उक्त प्रस्तावमा देउवा सकारात्मक देखिएको जनाइएको छ। देउवाले जसपाभित्रको राजनीतिक अवस्था बुझ्न दाहालसँग आग्रह गरेको र जसपा तयार भए तीन पार्टीको संयुक्त सरकार बनाएर अघि जान तयार रहेको सन्देश दाहाललाई दिएका छन्। अन्नपूर्ण पोस्ट् दैनिकबाट