Logo

पाँच वर्ष नै ओली प्रधानमन्त्री, एमाले कसैले पनि फुटाउन सक्दैन् : भीम रावल (भिडिओसहित)



काठमाडौं, २६ फागुन । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओली नै पाँच वर्षको प्रधानमन्त्री रहने दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारलाई बलियो बनाउने सवालमा आफूहरुले सक्दो सहयोग गरेको पनि सुनाए । रावलले पार्टीमा अब कहाँ कहाँ त्रुटि भए ? भन्ने कुरा फmिर्कएर हेर्नुपर्ने बताएका छन् । उनले सशक्त पार्टी बनाएर जानुपर्ने पनि विचार राखे । उनले विगतको कुराबाट पाठ सिक्नुपर्ने पनि धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्