काठमाडौं, २६ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले मुलुक अहिले झनै अन्यौलतातर्फ गएको टिप्पणी गरेका छन् । उनले आफ्नो पार्टीले सरकार बनाउने सवालमा नेकपा (एमाले) सँग सत्ता साझेदारी गर्न नहुने पनि धारणा राखेका छन् । नेपाल प्रेस युनियन झापाले बुधवार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
एमालेसँग सत्ता साझेदारी गर्न नहुनुको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर संविधान समाप्त पार्न खोजेको उनको भनाई छ । अब प्रधानमन्त्री ओलीलाई विस्थापित गर्नुपर्ने पनि धारणा राखेका छन् । सत्तामा ओलीको निरन्तरता झन् दुर्भाग्यपूर्ण हुने उनको टिप्पणी छ । Photo Source: Dinesh Chandra Thapaliya