Logo

माओवादी केन्द्रले सरकारलाई दिइआएको समर्थन फिर्ता लिने, प्रचण्ड कठोर निर्णयको तयारीमा



काठमाडौं, २६ फागुन । नेकपा माओवादी केन्द्र अझै सत्तारुढ दल नै छ । उक्त दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइआएको समर्थन फिर्ता लिइसकेको छैन । हिजो बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पनि समर्थन फिर्ताको निर्णय लिएन । यसले राजनीतिलाई रोचक बनाएको छ ।

वैधानिक रुपमा माओवादी केन्द्र ब्युँतिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने निश्चितप्रायः भएको छ । तर, माओवादी केन्द्रले ओलीलाई दिइआएको समर्थन फिर्ता नलिएकाले सत्तापक्षको लहरमा बस्नुपर्ने हुन्छ ।

ओली र प्रचण्डबीचको सत्तासंघर्षले राजनीतिक रोचक मोडमा पुगिरहँदा नयाँ घटनाक्रम विकास हुँदैछ । आज संसद अधिवेशन चल्नुअघि नै माओवादी केन्द्रले समर्थन फिर्ताको निर्णय लिन सक्छ । यस्तो अवस्थामा ओली सरकार अल्पमतमा पर्नेछ । उसले विश्वासको मत लिनुपर्ने अनिवार्य हुन्छ ।

सम्भवतः आज प्रचण्डले ओली सरकारलाई दिइआएको समर्थन फिर्ता गराएर नयाँ रणनीति बनाएर अगाडि बढ्ने बुझिएको छ । उनले प्रधानमन्त्रीमा अन्य दलका नेतालाई प्रस्ताव गरेर भएपनि अगाडि बढ्ने तयारी गरेका छन् । त्यसका लागि काँग्रेस र जनता समाजवादी पार्टीसँग छलफल चलाएका छन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्