काठमाडौं, २६ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुचीकृत भएका ५ कम्पनीहरुका आजसम्म कायय शेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । नेप्सेका अनुसार सबैको लघुवित्त, नेपाल दुरसञ्चार, स्वाबलम्बन लघुवित्त, सिर्जना फाइनान्स र महिला सहयात्रा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
बिहीबार (२७ गते) महाशिवरात्री पर्व भएको, २८ गते शुक्रबार र २९ गते शनिबार शेयर बजार बन्द हुने भएकोले यी पाँच कम्पनीहरुको लाभांश सुरक्षित गर्नुपर्ने आज दिन हो ।
नेपालल दुर सञ्चारको ४० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न चैत्र १३ गने साधारण सभा बस्ने भएको छ ।
सबैको लघुवित्तले ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न १४ गर्ने सभा बोलाएको छ । स्वाबलम्बन लघुवित्तले फागुन ११ गते, सिर्जना फाइनान्सले १४ गते र महिला सहयात्रा लघुवित्तले १८ गते साधारण सभा बोलाएका छन् ।