काठमाडौं, २६ फागुन । आज शिखर इन्स्योरेन्सको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शेयर मुल्य समायोजन गरेको छ । नेप्सेका अनुसार कम्पनीले साधारण सभाको लागि बुक क्लोज गरेसँगै मुल्य समायोजन गरेको हो ।
कम्पनीको मंगलबार भएको २ हजार ६२२ रुपैयाँको अन्तिम कारोबारको आधारमा नेप्सेले समायोजन पश्चात २ हजार ५२ रुपैयाँ नयाँ मुल्य निर्धारण गरेको हो । कम्पनीले आर्थिक वर्षको नाफाबाट २७.७६ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव चैत्र ९ गते हुने साधारण सभाले पारित गर्ने भएको छ ।
कम्पनीको सभा शिखर बिज सेन्टर थापाथलीमा साधारण सभा बस्ने भएको छ । साथै कम्पनीको सभाले बोनस विरतण गरेपछि ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गने जनाइएको छ ।