Logo

ज्योति लाइफको ६६ करोडको आईपीओमा आजसम्म आवेदन दिन सकिने



काठमाडौं, २६ फागुन । ज्योति लाइफ इन्स्योरेन्सले निष्कासनमा ल्याएको आईपीओमा आजसम्म आवेदन दिन सकिन्छ । कम्पनीले फागुन २१ गते ६६ करोड रुपैयाँको ६६ लाख कित्ता शेयर निष्कासनमा ल्याएको हो ।

आईपीओ निष्कासन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार निष्कासन गरेको ६६ लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत वा ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत कित्ता सामुहिक लगानी कोषहरुमा सुरक्षित गर्ने भएको छ । बाकी रहेको ५९ लाख ४० हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवदेन दिन सक्नेछन् । कम्पनीको उक्त साधारण शेयर (आईपीओ)मा फागुन २३ गतेबाट छिटोमा २८ गते सम्म र ढिलोमा चैत्र ८ गतेसम्म आवेदन दिन सक्ने सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्