Logo

ग्लोबल आइएमई बैंकको नयाँ ८ बैंकिङ्ग सेवा सञ्चालन



काठमाडौं, २६ फागुन । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न ८ नयाँ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकको अनुसार ईलामको नेपालटार, सिराहाको बन्दीपुर, रसुवाको थुमन, तनहूँको टुहुरेपसल, कैलालीको मिलनचोक, लमजुङ्गको कोइरालाफाँट, बाँकेको सिमलघारी र अर्घाखाँचीको रतनमारेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकको यी शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५३ पुगेको जनाएको छ । बैंकले ईलामको ईलामनगरपालिका वडा नं १, नेपालटार, सिराहाको कर्जन्हानगरपालिका वडा नं २, बन्दीपुर, रसुवाको गोसाँइकुण्ड गाँउपालिका वडा नं १, थुमन, तनहूँको भानु नगरपालिका वडा नं ११, टुहुरेपसल, कैलालीको जानकीगाँउपालिका वडा नं ७, मिलनचोक, लमजुङ्गको सुन्दर बजारनगरपालिका वडा नं १०, कोइरालाफाँट,बाँकेको खजुरा गाँउपालिका वडा नं ६, सिमलघारीर अर्घाखाँचीको मालारानीगाउँपालिका वडा नं ६, रतनमारेमा शाखारहित बैंकिङ्गसेवा सञ्चालनमा आएको जनाएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्पmत बैंकिङ्ग सेवा लिन सक्ने भएको छ । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा सकिने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्