काठमाडौं, २६ फागुन । नेकपा एमालेका दुई पक्षबीच धनगढीमा कुटाकुट भएको छ । भीम रावल पक्षधर र लेखराज भट्ट पक्षधरबीच कुटाकुट भएको हो ।
सुदूरपश्चिम प्रदेश नेकपा एमाले इञ्चार्जमा भीम रावल रहेकोमा उनको साटो लेखराज भट्टको नाम राख्न खोजिएपछि झडप भएको हो । रावल र भट्टका पक्षधरले एक अर्कामाथि बल प्रयोग गरेका थिए ।
नेकपा एमाले ब्युँतिएपछि विधानत रावल उपाध्यक्षसहित सुदूरपश्चि प्रदेश इञ्चार्ज छन् । तर, रावल प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीका कटु आलोचक हुन् ।
भट्ट माओवादी केन्द्र छाडेर ओली समूहमा गएका छन् । प्रचण्डले रावललाई बढी साथ दिएपछि भट्टले नेकपा हुँदा नै गुट छाडेका थिए ।