Logo

सानिमा बैंकका ग्राहकले विश्वका यी अस्पतालमा छुट पाउने



काठमाडौ, २६ फागुन । सानिमा बैंक लिमिटेड र आइएसओएन हेल्थकेयरबीच सम्झौता भएको छ । सानिमा बैंक लिमिटेड र आइएसओएन हेल्थकेयरबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सानिमा बैंकका ग्राहकले विश्वको ५०० भन्दा बढी अस्पतालमा सम्झौता पछि उपचार गराउँदा ५ देखि ७ प्रतिशतसम्म छुट पाउँने भएका छन् । समझदारीपत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाई र आइएसओएन हेल्थकेयर लिमिटेडका तर्फबाट बिजनेश डेभलोपमेन्ट प्रमुख आशिष धवनले बैंकमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर गरेका हुन् ।

बैंकका अनुसार विश्वभर रहेका ५०० भन्दा बढी अस्पतालहरुमा स्वास्थ्य उपचार गराउँदा सानिमा बैंकका डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताले ५ देखि ७ प्रतिशतसम्म उपचार शुल्कमा छुट प्राप्त गर्न सक्नेछन् । छुट पाउने अस्पतालहरुमा आइएसओएन हेल्थकेयर अन्तर्गतका भारतका अपोलो हस्पिटल, मेदान्त हस्पिटल, फोर्टिस हस्पिटल, सिंगापुरस्थित सिंगापुर जेनरल हस्पिटल, थाइल्यान्डस्थित ब्याङकक हस्पिटल, बुमरुनग्राड इन्टरनेसनल हस्पिटल रहेका छन् । आइएसओएन हेल्थकेयर लिमिटेडको भारत, थाइल्यान्ड, मलेसिया, इजिप्ट, अमेरिका लगायत देशहरुका प्रतिष्ठित अस्पतालहरु रहेका छन् ।

सानिमा बैंकले सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा एटीएमबााट ग्राहकलाई सेवा दिइरहेको छ । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा नेपालका विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा समेत विशेष छुटको बैंकले व्यवस्था गरेको छ ।



प्रतिक्रिया दिनुहोस्