काठमाडौं, २७ फागुन । हिन्दु धर्मालम्बीको चाड महाशिवरात्रि धुमधामले मनाइन्छ । सनातन धर्ममा महाशिवरात्रिको दिन बिशेष महत्व हुन्छ । यो दिनमा शिव र शक्ति एक अर्का प्रति भएका थिए । भगवान शिव र माता पार्वतीको विवाह भएको थियो । महाशिवरात्रिको दिनमा शिवलिङ्गलाई अभिषेक गरिन्छ । रातिको समयमा शिव जागरण गरिन्छ ।
शास्त्रको अनुसार अन्य दिनमा भन्दा महाशिवरात्रिको दिन भगवान शिवलाई विधि विधानले पुजा गरेमा कयौ गुणा लाभ प्राप्त हुन्छ । आज शिवलिङ्गमा केही चीजले अभिषेक गर्दा हुने लाभको बारेमा जानकारी दिनेछौः
महाशिवरात्रिको दिन शिवलिङ्गलाई गाईको दुधले अभिषेक गर्दा सन्तान प्राप्तिको कामना पुरा हुन्छ । र रोगबाट पनि मुक्त हुन्छ । यसको साथै दुध चढाँउदा धन प्राप्ति हुनुको साथै जीवनका प्रत्येक क्षेत्रमा सफलता पाइन्छ ।
दहीले अभिषेक गर्दा जीवनमा परिपक्कता र स्थिरता आउछ । यो दिनमा भगवान शिवको आर्शीवाद पाउनुको साथै मानसिक तनावबाट पनि मुक्त गराउछ ।
महाशिवरात्रिको दिन महले अभिषेक गर्नु धेरै पुण्यकारी मानिन्छ । शिवलिङ्गमा दही चढाउनाले मानिसको मन आध्यात्मतिर झुकाव बढ्छ । बोलीमा मधुरताको कारण समाजमा सम्मान बढ्छ ।
तोरीको तेलले शिवलिङ्गलाई अभिषेक गर्दा शत्रुबाट मुक्ति पाइन्छ । पराक्रम बढ्नाले साहसमा बृद्धि हुदाँ शत्रुलाई परास्त गर्न सकिन्छ ।
शिवलिङ्गलाई गंगाजलले अभिषेक गर्दा मोक्ष प्राप्ति हुन्छ र शिवको साथै माता पार्वतीको पनि आर्शीवाद पाइन्छ । धन वैभवको संकट हट्ने र मृत्युको मोक्ष प्राप्ति हुन्छ ।
शिवलिङ्गलाई पंचामृतले शिवरात्रिको दिन अभिषेक गर्दा मनले चाहेको फल प्राप्ति हुन्छ । आरोग्य प्राप्तिको लागि शिवलिङ्गमा घिउले अभिषेक गर्नुपर्छ । यसले शारीरिक समस्या कम हुनेछन् ।
महाशिवरात्रिको दिन शिवलिङ्गलाई जलले अभिषेक गर्दा ओम नमः शिवायको जप गर्दा धेरै शुभ मानिन्छ । धार्मिक ग्रन्थको आधारमा