काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने भनेर माग उठेको विषयमा कडा टिप्पणी गरेका छन् । प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कुरा वाहियता र बकवासमात्रै भएको उनको भनाई छ । सामाजिक सञ्जाल फेशबुकमा थापाले प्रधानमन्त्री ओलीले किमार्थ राजीनामा नदिने दाबी गरेका छन् ।
उनले सर्वोच्चको फैसलापछि एमाले र माओवादी अलग अलग भएपछि पनि एमालेका नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेको संकेत गर्दै यस्तो टिप्पणी गरेका छन् । उनले प्रचण्डको गृहकार्य बोकी नेकपा (एमाले) मा बसेर यस्तो कोशिस गर्न नखोज्नु नै श्रेयस्कर हुने सुझवा दिएका छन् ।
उनले फेशबुकमा लेखेका छन्-“प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुप-याे रे ? वाहियात ! याे बकवास मात्र हाे, उहाँले राजीनामा किमार्थ दिनुहुन्न । प्रचण्डकाे गृहकार्य बाेकी नेकपा(एमाले)मा बसेर यस्ताे काेसिश गर्न नखाेज्नु नै श्रेयस्कर हुन्छ । सके पाँच बर्ष सरकार चलाउन उहाँकाे सहयाेगी बन्नु, नसके यस्ताे निर्देशित छट्टु चालबाजीपूर्ण कुरा नगर्नु नै उचित हुन्छ ! राजीनामाको बेमाैसमी बाँसुरी धेरै बजाउन खाेज्दा के हविगत भयाे र हुँदै जान्छ ? सबैले समयमै स्पष्ट रूपमा बुझ्नु बरू बुद्धिमत्तापूर्ण हुन्छ ।”