Logo

‘विखण्डनवाद र हिंसाको अन्त्य’



काठमाडौं, फागुन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले विखण्डनवाद र हिंसाको अन्त्य भएको बताएका छन्। पृथकतावादी सोच भएका सीके राउत र हिंसात्मक गतिविधि गर्दै आएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीलाई मूलधारको राजनीतिमा ल्याइसकिएकाले थप हिंसाको सम्भावना नरहेको प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले अब क्षेत्रीयता, जातीवादी, भाषा र धर्मका नाममा वा कुनै राजनीतिक उदेश्य प्राप्तीका लागि हिंसात्मक गतिविधि नहुने बताए। हिंसाको अन्त्य भइसकेकाले मुलुक राष्ट्रिय एकताको शान्तिपूर्ण नयाँ उचाइ र युगमा प्रवेश गरेको ओलीले बताए।

‘अब विखण्डनवादको पनि अन्त्य र हिंसाको पनि अन्त्य भएको छ’, ओलीले राष्ट्रिय सुरक्षा परिषद सचिवालयको २० औ वार्षिकोत्सवलाई सम्बोधन गर्दै भने, ‘लडेर÷भिडेर होइन शान्तिपूर्ण तरिकाले वार्तामार्फत उहाँहरुलाई मूलधारमा ल्यायौं। सीके राउत र विप्लव मुलधारको राजनीतिमा आउनु कसैको विजय वा पराजय होइन। यो सवै नेपाली जनताको विजय हो।’ ओलीले छिमेकी मुलुक भारत र चीनसँग सुमधुर सम्वन्ध राख्ने, उनीहरुसँग केही समस्या भए त्यसलाई वार्तामार्फत टुंग्याउने वताएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्