Logo

नारायणकाजी श्रेष्ठ र ऋषि धमलाबीच रोचक कुराकानी, चुप लाग्नुहोस किन भनेका थिए ? (भिडिओसहित)



काठमाडौं, २७ फागुन । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बदलाको भाव नराख्ने जनाएका छन् । उनले आफूहरु अब कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने तयारीका साथ अघि बढेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

फरक प्रसँगमा उनले आफू र पत्रकार ऋषि धमलाबीच घनिष्ठ सम्बन्ध रहेको पनि सुनाए । उनले आफूहरुको विरोध सभा कार्यक्रम चलिरहँदा पत्रकार धमलाले जनतासँग अन्तर्वार्ता लिईरहेका थिए । त्यतिवेला नेता श्रेष्ठले ‘ए, ऋषि धमलाजी, धमलाजी, तपाईँ चुप लाग्नुहोस् । एकछिन चुप लाग्नुहोस् । कार्यक्रम नचलाउनुहोस’ भनेका थिए ।



प्रतिक्रिया दिनुहोस्