एजेन्सी, २७ फागुन । लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको दोस्रो लेगमा आरबी लाइपजिगलाई २-० ले पराजित गर्दै समग्रमा ४-० को जितसहित लिभरपुल क्वाटरफाइनलमा पुगेको हो ।
लिभरपुलका लागि मोहमद सलाह र साडियो मानेले एक एक गोल गरे । लिभरपुलले दुबै गोल दोस्रो हाफमा गरेको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा सलाहले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाए ।
खेलको ७४ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।-Photo: Agency