Logo

जसपा पदाधिकारी बैठक सम्पन्न, निकासको लागि सबै दलसँग उच्च तहमा सम्वाद गर्ने



काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टी, नेपालको पदाधिकारी बैठक सम्पन्न भएको छ । आजको बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभुत मान्यताबारे सबै दलहरुसँग उच्च तहमा सम्वाद गर्ने निर्णय गरेको छ ।

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जनाएअनुसार अब पार्टीको समायोजन तथा आगामी कार्ययोजनाबारे आवश्यक निर्णय गर्न कार्यकारिणी समितिको बैठक आगामी चैत्र ५ गते बस्ने छ ।

भट्टराईले पदाधिकारी बैठकका निर्णयबारे जानकारी दिँदै लेखेका छन्–’जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यतावारे सबै राजनीतिक दलहरूसंग उच्चतहमा संवाद गर्ने निर्णय गरेको छ। साथै पार्टीको समायोजन तथा आगामी कार्ययोजनावारे आवस्यक निर्णय गर्न कार्यकारिणी समितिको बैठक चैत ५ गते बस्ने भएको छ।’ file photo



प्रतिक्रिया दिनुहोस्