Logo

आगलागी हुँदा पाँच लाखको क्षति



सप्तरी, २७ फागुन: कञ्चनरुप नगरपालिका– १ मा आज आगलागी भएको छ । वडा नं १ बैरवा बस्ने दुखनीदेवी वैधको टिनको छानो भएको फुसको भुई तल्ले घरमा आगलागी हुँदा करीब रु पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

खाना पकाइ चुलोमाथि राखेको दाउरामा अचानक आगो सल्किन गई आगलागी हुँदा अन्न, लत्ताकपडा र नगद रु एक लाखसहित दुखनीदेवीको घर पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी भुवनेश्वरप्रसाद साहले बताए ।रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot