काठमाडौं, २७ फागुन । जसपा नेपालका अध्यक्षद्धय महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो र अर्का नेता अशोक राई प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता सम्पन्न गरेर बालुवाटारबाट निस्किएका छन् । सत्ता साझेदारीमा केन्द्रित रहेर छलफल भएको बताईएको छ । तर, के के कुराकानी भयो भन्ने कुरा यकिन भएको छैन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएपछि प्रधानमन्त्री ओलीविरुद्ध माओवादी केन्द्रले समर्थन फिर्ता लिने तयारी गरेपछि दलहरुको सक्रियता बढेकोछ । अहिले सत्ता समिकरणको खेलमा जसपा निर्णायक शक्ति बनेको छ । र, जसपा नेपाल तानातानामा परेको छ ।
भेटवार्ता सकारात्मक भएको प्रधानमन्त्री ओलीका प्र्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । उनले भेटवार्ताबारे जनाउँदै सामाजिक सञ्जालमा लेखेका छन्-“नेकपा(एमाले) र जनता समाजवादी पार्टी(जसपा) का शीर्ष नेताहरूकाे प्रधानमन्त्री केपी शर्मा ओलीसँगकाे उच्चस्तरीय भेटघाट बालुवाटारमा सकिएकाे छ ।
उक्त भेटघाट सकारात्मक रहेकाे छ । भाेलि पनि कार्यदलस्तरमा अनाैपचारिक छलफल हुनेछ ।”