काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका नेताहरुले बालुवाटारमा भेटवार्ता गरेका छन् । भेटमा सत्ता समिकरणबारे कुराकानी भएको थियो ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भेट सकारात्मक भएको जानकारी दिएका छन् । उनले भोलिपनि कार्यदलस्तरीय भेटवार्ता हुने ट्वीटरमार्फत् उल्लेख गरेका छन् ।
भेटमा जसपाले संविधान संशोधन, रेशम चौधरीको रिहाईको विषय अगाडि सारेको थियो । आफूहरुका मागको सम्बोधन पहिलो प्राथमिकतामा रहेको बताएका थिए ।
भेटमा सत्तापक्षबाट प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ सहभागी थिए । जसपाबाट अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, नेताहरु राजेन्द्र महतो, अशोक राई, लक्ष्मणलाल कर्ण सहभागी थिए ।