Logo

जसले १३ किलोमिटरको दुरी ३६ मिनेटमै पार गरेर देखाईदिए



ओखलढुङ्गा, फागुन २८ । महाशिबरात्री तथा सेना दिवस २०७७ को अबसर पारेर विहिबार ओखलढुङ्गामा भएको म्याराथुन दौडमा पुरुषतर्फ नेपाली सेना अरिदमन गणका जवान ओम प्रकाश जोशी प्रथम भएका छन्।

जिल्लाको जिरो पोईन्ट देखी रुम्जाटार सम्मको १३ किलोमिटर दुरी दौड जोशीले ३६ मिनेट ५१ सेकन्डमा पार गरेका थिए । त्यस्तै सेनाकै राम कुमार पौडेल र लिलाराम थापा क्रमशः दोश्रो र तेश्रो बनेका छन् । पौडेलले ३८.२७ र थापाले ३८.४८ सकेन्डमा उक्त दुरी पार गरेका थिए ।

त्यस्तै महिला तर्फपनि नेपाली सेना अरिदमन गण ओखलढुङ्गाका सिपाहीहरु दिप कुमारी घले, गंङ्गा राई र मनिशा चौधरी क्रमशः प्रथम, दोश्रो र तेश्रो भएका छन् । उनीहरुले क्रमशः ४६.२०, ४६.५६ र ४७.१८ मिनेटमा १३ किलोमिटर दुरी पार गरेका थिए ।प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सरकारी कार्यालयका कर्मचारी, पत्रकार, शिक्षक, विद्यार्थीहरु सहित १ सय ८ जनाले सहभागीता रहेको थियो ।

प्रतियोगिताका विजेताहरुलाई सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी वन्दना राई र नेपाली सेना अरिदमन गण ओखलढुङ्गाका गणपति विशाल सिंहले मेडल तथा प्रमाणपत्र प्रदान गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्