काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टीले सरकारको नेतृत्व दाबी गरेको छ । आफूहरु सधै सरकारलाई समर्थन गर्ने दल मात्र नभएको भन्दै जसपाले सरकारको नेतृत्व दाबी गरेको हो ।
जसपाका नेता राजकिशोर यादवले आफूहरु सरकारको नेतृत्वको जिम्मेवारी लिन पनि तयार रहेको बताए । ‘हामी सधै समर्थक मात्रै नभएर नेतृत्व पनि गर्छौं,’ यादवले ऋषि धमलासँग रेडियो एनआरएनको नेपाली बहसमा भने ।
पूर्वमन्त्री समेत रहेका यादवले आफूहरुको प्राथमिकतामा संविधान संशोधन, रेशम चौधरीसहित थारु आन्दोलनका क्रममा जेलमा रहेकाको मुद्दा फिर्ता र रिहाई रहेको स्पष्ट पारे ।
पछिल्लो समय नयाँ समिकरणको गृहकार्य भइहँदा जसपा निर्णायक शक्ति भएको छ । जसपाले सरकारको नेतृत्वको दाबी गर्न थालेको छ ।