Logo

नेप्सेद्वारा यी लघुवित्तको शेयरमुल्य समायोजन



काठमाडौं, २८ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज दुई लघुवित्तकको शेयरमुल्य समायोजन गरेको छ । सबैको लघुवित्त र स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस शेयरमुल्य समायोजन गरेको हो ।

दुवै लघुवित्तले साधारण सभाको लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयरमुल्य समायोजन गरेको जनाएको छ । नेप्सेको अनुसार सबैको लघुवित्तको बिहीबार कायम भएको अन्तिम कारोबार मुल्य १३ सय ५८ रुपैयाँको आधारमा नयाँ शेयरमुल्य १२ सइ २९ रुपैयाँ निर्धारण गरेको छ । ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने यो वर्ष कम्पनीले प्रस्ताव गरेको छ ।

त्यसैगरी, स्वाबलम्बन लघुवित्तले १९ प्रतिशत बोनस शेयरको समायोजन पछि १६ सय ६५ रुपैयाँ निर्धारण गरेको छ । कम्पनीको अन्तिम कारोबारको १९ सय ८२ रुपैयाँको आधारमा कायम नेप्सेले नयाँ मुल्य निर्धारण गरेको हो । यो वर्ष लघुवित्तले १९.०१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।



प्रतिक्रिया दिनुहोस्