Logo

जनता समाजवादी पार्टीद्वारा सरकारको नेतृत्व दाबी



काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टीले सरकारको नेतृत्व लिनेबारे छलफल बढाउने निर्णय गरेको छ । आज बसेको जसपा संसदीय दलको बैठकले सरकारको नेतृत्व लिनेबारे छलफल बढाउने निर्णय गरेको हो ।

बैठकपछि जसपा नेता राजकिशोर यादवले अब सरकारको नेतृत्व लिन तयार भई छलफल अगाडि बढाउने निर्णय भएको बताए । उनले भने,‘हामी सधै अरुको समर्थन गर्ने मात्र होइनौं अब त्यसलाई चिर्नेछौं,’ यादवले भने । उनले जसपा सरकारको नेतृत्व लिन तयार भएको र त्यस अनुसार छलफल अगाडि बढाउने निर्णय समेत भएको बताए ।

जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरु संघीयता र परिवर्तनका पक्षधरहरुसँग सहकार्य बनाएर जाने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गर्नुपर्ने स्पष्ट अडान पार्टीको भएको बताए ।

यसैगरी, जसपा नेता राजकिशोर यादवले रेशम चौधरीको रिहाई राजनीतिक लेनदेनको विषय नभएको बताए । चौधरीको निशर्त रिहाई हुनुपर्ने बताए । उनले भने,‘विप्लव र सीके राउतहरुको माग सम्बोधन हुने हाम्रो नहुने ?’

तस्बिरः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्