काठमाडौं, २८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरु र जसपा नेपालका नेतृत्व पँक्ति छलफलमा जुटेका छन् । सत्ता समिकरणको लागि दुई दल छलफलमा जुटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा छलफल सुरु भएका प्रवक्ता विश्व प्रकाश शर्माले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।
यसअघि कांग्रेसको पार्टी पदाधिकारी र पुर्व पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकमा कांग्रेसले सरकारको नेतृत्व लिनुपर्नेबारे आवाज उठेको थियो । सर्वोच्च अदालको पछिल्लो फैसलाअनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएका छन् । योसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने तयारीमा माओवादी केन्द्रले तयारी थालेको छ ।
माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिनेबित्तिकै प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ । नेकपा एमालेसँग अहिले संसदमा १२० सांसद छन् । प्रधानमन्त्री ओलीलाई आफू नेतृत्वको सरकारको निरन्तरताको लागि १८ सांसद आवश्यक छ । त्यसको लागि उनले जसपाका नेताहरुसँग छलफल पनि गरिरहेका छन् ।